रास्वपाको तेस्रो स्थापना दिवसमा मटिअर्वा प्रवेशद्वारमा फेरियो राष्ट्रिय झण्डा

साझेदारी दैनिक
553 पाठक संख्या

कलैया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाराले तेस्रो स्थापना दिवसको अवसरमा कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित प्रवेशद्वारमा शनिबार राष्ट्रिय झण्डा फेरेको छ।

सहभागीहरूले झण्डा परिवर्तन कार्यलाई राष्ट्रप्रतिको सम्मान र नागरिक चेतनाको प्रतिकका रूपमा स्वागत गरेका छन्।

रास्वपा बाराका सभापति चन्दन स्वर्णकारले “राष्ट्रिय झण्डा केवल कपडाको टुक्रा होइन,यो हाम्रो पहिचान,स्वाभिमान र सार्वभौमिकताको प्रतीक हो। यसको सम्मान गर्नु हामी सबैको दायित्व हो“ भने।

झण्डा फेर्ने कार्यक्रम रास्वपा बारा जिल्ला सभापति स्वर्णकारको नेतृत्वमा सम्पन्न भएको हो। लामो समयदेखि जीर्ण अवस्थामा रहेको राष्ट्रिय झण्डा सार्वजनिक स्थलमा शोभा नपुग्ने अवस्थामा रहेकाले झण्डालाई फेर्ने निर्णय गरिएको सभापति स्वार्णकारले जानकारी दिए।

स्थापना दिवसको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रममा स्थानीय सर्वसाधारण,रास्वपाका जिल्ला पदाधिकारी,महागढीमाई नगरपालिका का संयोजक बिक्रम यादव,कार्यकर्ताहरुको उपस्थिति लगायतको थियो।

Leave a review

This will close in 0 seconds