Sajhedari Daily
Latest News from Nepal

अझै सम्पन्न भएन बहुप्रतीक्षित मानमत–मटिअर्वा सडक,आयोजना पुरा नहुदा कुरुप नै बन्यो कलैया नगर

Top Aside Banner

युनिक यादव/
बाराको बहुप्रतीक्षित आयोजनाको रुपमा रहेको मानमत–मटिअर्वा सडकखण्ड अभैmपनि पुरा भएको छैन । आयोजना सुरु भएको लामो समय भईसक्दा पनि निर्माण कार्य पुरा भएको छैन । आयोजना पुरा नहुदा जिल्लाको सदरमुकाम कलैया अहिले कुरुप अवस्थामा देखिएको छ । आयोजनाको ठेक्का अवधि बितिसक्दा पनि सडक निर्माणले पुर्णता भने पाएको छैन ।

कलैया क्षेत्रको भौतिक संरचनाहरु खाली नभएर आयोजना निर्माणको समस्या भएको निर्माण कम्पनीले वताएको छ ।
मानमत–मटिअर्वा सडक खण्ड अन्तर्गत कलैया बजार क्षेत्र, मदिनटोल देखि बरेवासम्म साढे तीन किलोमिटर सडकमा पर्ने भौतिक संरचनालाई स्थानीयहरुले ढिलो गरि खाली गर्दा सडक बन्न नसकेर खाल्डै खाल्डो भएको छ । निर्माण कार्य अधुरै हुदा जिल्लाको सदरमुकामको अवस्था हेर्ने हो भने प्रवेश गर्ने मुख्य चौक भरत चौक त झन कुरुप भएको छ ।

सडक निर्माणले पुर्णता नपाउदा हाल आएर ट्राफिक ब्यवस्थापन पनि असहज बन्दै गएको छ । कलैयामा भिडभाड झन व्यापक रुपमा देखिएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई मानमत–मटिअर्वा सडक खण्ड हुदै भन्सारसम्म जोडन उदेश्यले भारत सरकारको सहयोगमा निर्माण गरिएको बाटोको दुईभागबाट निर्माण भएपनि वीच भागमै आएर जिल्लाको सदरमुकाम कलैयामा साढे तीन किलोमिटर काम नहुदा कलैयाको विकासको गति अघि नबढेको स्थानीयहरु बताउछन ।

निर्माण गरिएको सडकको लागि साविक सडकको मध्य भागदेखि दाया र बायाँ १५ मिटर निर्णय भएपछी सोही मिटर मै अधिकांश घरधनीहरुले आफ्नो भौतिक संरचना हटाई मुआब्जा समेत लिसकेका छन । तर बाटो निर्माणको प्रक्रिया अघि नबढनु मुख्यत दोषि कलैया उपमहानगरपालिका, बारा क्षेत्र ३ नं क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सांसद, प्रदेश सभाक सदस्य र जिल्ला प्रशासन कार्यालय गैरजिम्मेवार देखिएको बुझिएको छ ।

यता स्रोतका अनुसार पहिलेको ठेक्काको समय बितिसक्दा हाल नया ठेकेदार कम्पनीलाई अध्यन गर्न दिएको जनाएको छ । त्यस्तै जिल्ला प्रशासन कार्यालय बारामा अध्ययन प्रतिबेदन पेश गर्न समेत भनिएको स्रोतले जनाएको । उक्त मानमत –कलैया–मटिअर्वा सडक खण्डलाई दुई प्याकेजमा गरेर काठमाडौंको आशिषः डिएस जेभी निर्माण कम्पनीले २०७६ बैशाख महिनासम्ममा निर्माण सम्पन्न गर्न ४८ करोड ५८ लाखमा ठेक्का सम्झौता गरेको जनाइएको छ ।

यता सदरमुकामको सडकले पुर्णता नपाउदा स्थानीयहरु झन मारमा परेका छन् । साढे तीन किलोमिटर सडक नै कलैया उपमहानगरपालिकाको मुहार फेर्ने देखिएको छ । कलैया उपमहानगरपालिकाका नगरप्रमुखले चुनाव जितेको दिन स्मार्ट सिटी घोषणा गरेका थिए । तर बिडम्बना मुख्य बाटो नै लथालिंग छ ।

आयोजनाले पुर्णता नपाउदा कलैयामा बर्षायाम सुरु भएपछि मुख्य सडकको अधिकांश घर अगाडी नै खाल्डो भएको र त्यसमा सवारी साधानको साथ साथै सर्वसाधारणलाई हिँडडुल गर्न पनि निकै कठिनाई भएको स्थानीय बताउछन । बर्षायाममा हिलोमा हिड्नु पर्ने अनि चर्को घाममा धुलो खाएर हिड्नु पर्ने बिडम्बना कलैयाबासीको छ ।

सो साढे तीन मिटर बाटोमा पर्ने बिजुलीका पोलहरु पनि अहिले हटाइएको छैन । स्रोतका अनुसार हुलाकी राजमार्ग निर्देशनालयले हालसम्म अर्को ठेक्कदारलाई दिएको छैन । स्रोतका अनुसार उक्त बाटोमा पर्ने बिधुतका पोलहरु सार्न बिधुत प्राधिकरणलाई भनिएको छ भने खानेपानीको पाइप सार्न कलैया उपमहानगरपालिकालाई जिम्मेवारी दिइएको छ ।

जिल्लाकै मुटु भनेर चिनिने कलैयाको अधुरो बाटोले कहिले पुर्णता पाउने आम जिल्लाबासिको चिन्ता र चासोको बिषय बनेको छ । तर यहाका संघ, प्रदेश र स्थानिय तहका जनप्रतिनिधिहरु आखामा पट्टि र कानमा तेल हालेर बसेको बाराका सन्चारकर्मी साजिर मन्सूरले कटाछ गरेका छन । मन्सूरले जिल्लाको मुटुको बिकासमै राजनीति हुनु कलैयाको बिकासको प्रमुख बाधक भएको बताएका छन ।