जीतपुरसिमराको सामुदायिकतर्फ पहिलो बन्यो नेरामावि रघुनाथपुर

साझेदारी दैनिक
580 पाठक संख्या

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय रघुनाथपुर रामनगरले यो बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई)मा राम्रो नतिजा ल्याउन सफल भएको छ ।

यो विद्यालयले गतबर्षहरुको भन्दा यो बर्ष राम्रो नतिजा ल्याएको हो । यस विद्यालयले यो बर्ष ७०.९६ प्रतिशत रिजल्ट ल्याएर जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत सामुदायिक विद्यालयहरुतर्फ पहिलो बनेको छ ।

गत चैत महिनामा सम्पन्न एसईइ परिक्षामा नेरामावि रघुनाथपुरबाट ३१ जना विद्यार्थी सहभागी भएका मध्ये २२ जना पास भएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र चौरसियाले जानकारी दिएका छन ।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका अन्तरगत सामुदायिकतर्फ नेरामावि औराहा दोस्रो भएको छ । औराहाले ७०.८३ प्रतिशतले नतिजा ल्याएको छ ।

Leave a review

This will close in 0 seconds