अबैध लागु औषध गाँजासहित चार जना परे पक्राउ

साझेदारी दैनिक
212 पाठक संख्या

बारा : राजेश कुशवाहा / बारा प्रहरीले दुई प्रकरणमा चार जनालाई लागु औषध गाँजा सहित पक्राउ गरेको छ।

प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोकमा एक यात्रु बाहक बस बाट अबैध लागु औषध गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ्ग गाउँपालिका .वडा नम्बर .१ हाँडिखोला बस्ने ४० बर्षिय अर्जुन रूम्बा , सोही स्थान बस्ने ३४ बर्षिय राजु लामा र ३१ बर्षिय प्रदिप मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

उनीहरुको साथ बाट २१ किलो लागू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरी चौकी पथलैयाका प्रहरी बरिष्ठ नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले नारायणगढबाट वीरगञ्ज तर्फ जादैँ गरेको बा ४ ख ७५१७ नम्बरको यात्रु बाहक बसलाई रोकी जाँच गर्ने क्रममा तीनै जनालाई गाँजा सहित पक्राउ गरेको हो ।

उनीहरुलाई बरामद भएको लागु औषध सहित नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। उनीहरु माथि अनुसन्धान गर्नका लागि बारा जिल्ला अदालत कलैयाबाट सोमबार ७ दिनको म्याद थप गराईएको छ।

यसैगरी प्रहरीले बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगञ्ज चोकबाट आईतबार दिउँसो अबैध लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा वीरगंज महानगरपालिका वडा नम्बर १८ ईनर्वा बस्ने २१ वर्षीय राजकिशोर कुर्मी रहेका छन्। उनको साथ बाट ४.९ किलो लागू औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी बरिष्ठ नायब निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौडा बाट वीरगंज तर्फ हिँडी जादै गरेको पैदल यात्रीलाई शंकास्पद लागी रोकी जाँच गर्ने क्रममा उनलाई अबैध लागु औषध गाँजा सहित पक्राउ गरेको हो।

उनले बोकेको व्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो। बरामद भएको अबैध लागु औषध गाँजा सहित नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत कलैयाबाट दिन ७ म्याद लिई थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।

Leave a review