बारामा एक दर्जन फरार प्रतिवादी पक्राउ

साझेदारी दैनिक
309 पाठक संख्या

कलैया । प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बारा मातहत समेतबाट खटिएको प्रहरी टोलीले लामो समय देखि बरदात पश्चात फरार रहेका १२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार फरार रहेका उनीहरुलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरी आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको छ।

लागु औषध गाँजा मुद्दामा प्रहरी चौकी श्रीनगरबैरियाबाट खटेको प्रहरीले पचरौता वडा नं. ३ का ६० वर्षीय सन्तलाल दासलाई पक्राउ गरेको हो।

वैदेशिक रोजगार मुद्दामा फरार रहेका ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलिले सिम्रौनगढ वडा नं. ६ का कृष्णप्रभात कुशवाहालाई पक्राउ गरेको हो। वहुविवाह मुद्दामा सिम्रौनगढ ६ का ५५ वर्षीय माला औसिदिन अंसारीलाई प्रहरीले पक्राउ गरेको हो।

सरकारी छाप किर्ते मुद्दामा फरार रहेका जीतपुर सिमरा वडा नं. १४ का ६२ वर्षीय दिनानाथ न्यौपानेलाई अस्थायी प्रहरी पोष्ट डुमरवानाले पक्राउ गरेको हो। सोही ठाउँकी ६२ वर्षीय पदमकुमारी थापा मगर पक्राउ परेकी हुन्।

नागरिकता मुद्दामा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १३ की ५५ वर्षीय अजित राय पक्राउ परेका हुन्। ज्यान मार्ने उद्योगमा फरार रहेका महागढीमाई ६ निवासी ४२ वर्षीय पुनदेवप्रसाद यादवलाई प्रहरी चौकी बरियारपुरले पक्राउ गरेको हो।

बैकिङ्ग कसुर मुद्दामा फरार रहेका परवानीपुर गाउँपालिका वडा नम्बर ५ निवासी ४० वर्षीय बिष्णुप्रसाद राउत कुर्मीलाई ईलाका प्रहरी कार्यालय प्रसौनीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोलीले कर्तव्य ज्यान मुद्दामा फरार रहेका ६० वर्षीय महन्तराउत अहिरलाई पक्राउ गरेको हो।

प्रहरी चौकी बसतपुरले कर्तव्यज्यान मुद्दामा फरार रहेका कलैया १० निवासी मोताहिरमिया दर्जीलाई पक्राउ गरेको हो।

मानव वेचविखन मुद्दामा फरार रहेका जीतपुर सिमरा उपमहानगरपालिका वडा नं. ७ निवासी ४५ वर्षीय मोसलिम मिया धुनियालाई प्रहरीले पक्राउ गरेको हो।

लेनदेन मुद्दामा फरार रहेका बारागढी गाउँपालिका वडा नं. ५ निवासी ४६ वर्षीय अनुठा चौधरीलाई ईलाका प्रहरी कार्यालय बारागढीले पक्राउ गरेको हो।

Leave a review