कलैया : बारा प्रहरीले मदिरा बनाउने कच्चा पदार्थको साथै एउटा मदिरा भट्टी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय प्रसौनीबाट प्रहरी सहायक निरीक्षक आबास अलिको कमाण्डमा खटिएको प्रहरी टोलीले अबैध मदिरा भट्ठी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बारा जिल्लाको प्रसौनी गाउँपालिका वडा नं.२ पतन्जलि नजिक एउटा अवैध भट्ठी नष्ट गरिएको हो। प्रहरीले ४५ हजार मूल्य बराबरको सात सय ५० लिटर कच्चा पदार्थ नष्ट गरेको छ।
मदिरा उत्पादन गर्न प्रयोग हुने ठुला ड्रम २ वटा, गेलन ५ वटा, बालटिन–१ वटा र मदिरा उत्पादन गर्ने मेसिन एउटा नष्ट गरिएको प्रहरीले जनाएको छ ।


