कलैयामा भेटिन थाले छाडापशु हरु,नगरपालिको छैन ध्यान

राजेश कुशवाहा
550 पाठक संख्या

कलैया : बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ कलैया बजारमा केही दिनदेखी छाडा पशुहरुको पुन देखिन थालेका छन ।

उपमहानगरपालिकाले छाडापुशरुको नियन्त्रण नगर्दा छाडा पशुहरु पुन देखिन थालेको हो । छाडा पशुहरुका कारण यात्रु तथा सवारी साधनहरुलाई आवत जावत गर्न समस्या भएको छ ।

छाडापशु बीच बाटोमा नै उभिदिने गरेका कारण दुर्घटना हुने जोखिम समेत बढेको छ । पशुपालकहरु पुशहरु स्वस्थ रहे सम्म काममा लगाउने गरेका छन। पछि पशु काम गर्न नस्कने भएपछि कलैया शहरमा छाडारुपमा छाडने गरेका छन ।

बिगत चार बर्ष पहिले उपमहानगरपालिकामा छाडापशुहरुको आंतक बढेपछि कलैया उपमहानगरपालिकाले छाडा पशु नियन्त्रण टोली परिचालन गरेको थियो । टोलीले छाडापशुहरुलाई नियन्त्रण लिई अस्थाई काञ्जी हाउसमा राखने गरेको थियो । छाडा पशु छाडने पशु धनीलाई दण्ड जरिवाना समेत गर्ने गरेको थियो। उनीहरुको उचित ब्यवस्थापनका लागि पानी र चरण क्षेत्र भएको स्थानमा छाडने गरेको थियो ।

यता बजेट नभएका कारण छाडा पशुको नियन्त्रण गर्न नसकिएको कलैया उपमहानगरपालिकाका बाताबरण शाखाका अनिल पाण्डेयले बताए । छाडा पशुहरुलाई नियन्त्रण गर्न कलैयाबासीले उपमहानगरपालिका संग माग गरेका छन।

Leave a review

This will close in 0 seconds