मधेशको संस्कृति झल्काउने भित्तीचित्र बनाइदै

संदिप प्रसाद यादव
446 पाठक संख्या

उनीहरु कलाकार हुन् । उनीहरुले भित्तालाई स्थानीय संस्कृतिसंग जोडदै चित्रकला उतारेका छन् ।

मधेश प्रदेशको संस्कृतिलाई उनीहरुले महागढीमाई नगरपालिका अवस्थित बरियारपुर बजार पोखरीको छठघाटको पर्खालमा उतारिरहेका हुन् ।

यो अत्यन्त सराहनीय काम हो । यसले संस्कृतिको विस्तारलाई सहयोग गर्छ स्थानीय जितेन्द्र कुमारले साझेदारी दैनिकलाई बताए ।

यसले संस्कृतिको प्रचार समेत गर्छ र यो संस्कृति विस्तारमा सहयोग गर्छ उनले भने ।

एक हजार शब्दले व्यक्त गर्न नसक्ने कुरा एक चित्रले व्यक्त गर्ने कलाकारहरु बताउँछन् ।

Leave a review

This will close in 0 seconds