कलैया : राजेश कुशवाहा / बुधबार देखि शुरु भएको शितलहरका कारण अत्याधिक चिसो बढेपछि बाराको जनजीवन प्रभावित भएको छ।
दिनभरी नै चिसो हावा चलेका कारण हात,खुटृा समेत चिसो हुने गरेको छ। चिसोबाट बच्नका लागि मानिसहरु आगोको साहारा लिन थालेका छन्।
चिसोले बाल बालिका र बृद्धबृद्धालाई समस्या भएको छ। चिसोले बाल बालिका तथा बृद्धृबद्धामा रुखाखोकी,ज्वरो,कोल्डडायरीया लगायतका रोगहरु देखिएको प्रादेशिक अस्पताल कलैयाले जनाएको छ।
चिसोबाट बच्नका लागी मानिसहरु मोटो कपडा लगाउन थालेका छन्। चिसो बढेपछि बाराको सदरमुकाम कलैयामा रहेका रेडिमेड पसलहरुमा मोटो कपडाको बिक्री बढेको ब्यवसायीहरुले बताएका छन्।
मोटो कपडामा उनी सुईटर,मोफलर,टोपी,ज्याकेट लगायतको बिक्री बढेको छ। चिसो छल्नका लागि मानिसहरु तातो खानेकुरा खान थालेका छन्। चि
सोले कलैया बजारमा माछा,मासु,अण्डाको बिक्री बढेको छ। चिसो बढेपछि कलैया बजारका चिया पसलमा ग्राहकहरुको भिड बढेको छ । अत्याधिक चिसो बढेपछि पशुपालक कृषकहरु लाई घास ल्याउन समस्या भएको बारा ब्रहम्पुरीका पशुपालक कृषक ज्ञानी पटेलले जनाएका छन्।

