कलैया : चर्को गर्मीसंगै लामो सयमदेखी खडेरीको मार भोगिरहेका बारा, पर्साका किसानहरुलाई आईतबार परको पानीले राहत दिएको छ ।
असार महिनाको अन्त्य अन्त्य भएपनि अझै सम्म ठुलो पानी पर्न सकेको छैन । पानी नपरेपछि रोपाई गरेको धानहरु खेतहरु सुकेरका थिए भने कतिपयले पानी नै नभएपछि रोपाइ नै भईसकेको छ।
लामो समयपछि पानी परेपछि आईतबार पानी परेपछि बाराका किसान खुसी भएका छन्। सुक्दै गएको धानबाली र अन्य बाली, बोटविरुवाहरु पानी परेपछि सप्रिने भन्दै किसान खुसी भएका हुन्।
असार लाग्दै लगाएको धान खेतमा पानी नभएकै कारण धाँजा फाटेर चिरा परेको छ । कतिपयले पानीकै समस्याका कारण रोपाइँको नगर्न पनि पाएकाले आईतवार परेको पानीले राहत महशुस गरेका बारा जीतपुरसिमरा १७ रामनगरका किसान पशुराम दाहालले खुसी व्यक्त गरेका हुन्।
केही दिनदेखी दिनभर अत्याधिक घाम लागेको र अति नै गर्मि भएको थियो । तर आईतवार साँझ झमझम परेको पानीले धान र तरकारी बालीमा राहत महसुस गरिएको छ । असारमहिना सकिएर साउन महिना लाग्न लाग्दा पनि असार महिनामा राम्ररी पानी नपर्दा हालका दिनसम्म सबै भन्दाबढी किसान मारमा परेका छन्।
आईतबार बारा,पर्सा सहित देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ। आईतवार बाराका १६ वटै स्थानीय तहहरुमा पानी परेपछि किसानहरुलाई राहत पुगेको छ ।

