प्रशासकीय अधिकृत कुटिएको विरोधमा सिम्रौनगढ नगरपालिकाका कर्मचारीको हातमा कालोपट्टी

साझेदारी दैनिक
446 पाठक संख्या

कलैया । राजेश कुशवाहा / बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओम प्रसाद जयसवालमाथि कुटपिट भएको घटनाको विरोधमा आईतबार कर्मचारीहरुले हातमा कालोपट्टी बाँधी सेवा प्रवाह गरेका छन्। उनीहरुले हातमा कालोपटृी बाधी कार्यालय समय भरी काम गरेका छन्।

कानुन विपरित भुक्तानी गर्न नमानेपछि गएको बैशाख १६ गते नगर सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरीसाह कलवार र उनका समर्थकहरुले आदर्शकोतवाल गाउँपालिकाको कोतवाली चोकमा रहेको जानकी आयल स्थित नगर प्रमुख निवासमा अधिकृत जयसवाललाई कुटेका हुन्।

प्रमुख प्रशासकीय अधिकृत कुटिएको विरोधमा आक्रोशित बनेका सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु गएको बिहीबार देखि नै नगरपालिकाको कार्यालयको मूल गेटमा तालाबन्दी गरी कामकाज ठप्प पारेका थिए।

अधिकृत जयसवाललाई कुटपिट गर्ने नगर प्रमुख र उनका समर्थकहरुलाई कारवाही गर्न माग गर्दै सिम्रौनगढ नगरपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्।

यता नगर प्रमुख कलवारले आफुले कर्मचारीलाई नकुटेको प्रतिकृया दिदै आएका छन्। उनले आफु माथि झुठा आरोप लगाईएको दावी गरे।

Leave a review

This will close in 0 seconds