जीतपुरसिमराका दुई वटा सहकारीमा चोरी

साझेदारी दैनिक
209 पाठक संख्या

जीतपुर : बाराको जीतपुरसिमरमा दुई वटा सहकारी संंस्थामा एकैपटक चोरी भएको छ ।

वडा नम्बर १२ मा रहेको साना किसान कृषि सहकारी संस्था फतेपुर र वडा नं १५ मा रहेको साना किसान कृषि सहकारी संस्था डुमरवानामा चोरी भएको कार्यलयले जनाएको छ ।

कृषि सहकारी फतेपुरमा कार्यलयको भल्ट फुटाएर १२ लाख नगद चोरी भएको र ८ लाख बराबरको भौतिक क्षति भएको प्रबन्धक कबिता क्षेत्रीले बताएकी छिन ।

यसैगरी कृषि सहकारी संस्था डुमरवानामा पनि भल्ट फोरि ४८ हजार नगद चोरी र १० लाख बराबरको भौतिक क्षति भएको साहयक प्रबन्धक राजेन्द्र जमरकटेलले बताएका छन ।

चोरले सिसि टिभि को हार्ड डिस्क समेत लगेकोले चोरको पहिचानमा समस्या भएको कार्यलयले जनाएको छ ।

Leave a review