“कलैया सहर डुबेको छ,अन्धकारको छायाँमा”

साझेदारी दैनिक
548 पाठक संख्या

“अन्धकारको रात”

कलैया सहर डुबेको छ, अन्धकारको छायाँमा,
रातभरि उज्यालो खोज्छ, आँखा छन् व्याकुल छायाँमा।
बिजुली छैन, बत्ती छैन, सहर सुत्ने बेलामा,
सपना सबै अधुरै छन्, देश बनाउने मेलामा।

शिशु रुन्छन् गर्मीले, बिरामी लाचार छन्,
पढ्न बसेका विद्यार्थी, निराशाको शिकार छन्।
सस्तो कुरा होइन यो, विकासको पहिलो पाइला,
बिजुली बिना कसरी अघि बढ्ला हाम्रो कलैया?

सरकार हो! सुन्नुपर्छ, जनताको यो चिच्याहट,
बिजुली बिना जिन्दगी, बनिरहेछ कठोर प्रहर।
केवल भाषणले हुँदैन, अब कार्य देखाउनुपर्छ,
देश बनाउन सपना हैन, योजनामा काम गर्नुपर्छ।

कलम, माइक, मोबाइल, सबैको भर बिजुलीमा,
युवा बस्छ विदेश, जब नपाउँछ अवसर यहीँमा।
अब बनाऊ नीति यस्ती, जहाँ उज्यालो सधैं होस्,
कलैया मात्रै होइन, सिंगो देश प्रगति ले जोस्।

लेखक : रोशन कुमार शाह

Leave a review

This will close in 0 seconds