सुस्त मानसिक अवस्थाको एक शिशुको वार्षिक खर्च बेहोरिन समाजसेवी राजेश्वरी अमात्यले

साझेदारी दैनिक
119 पाठक संख्या

वीरगंज : प्रतिष्ठित अमात्य ग्रुपकी निर्देशक तथा वीरगंजकी प्रख्यात समाजसेवी श्रीमती राजेश्वरी देवी अमात्यले एक शिशुको वार्षिक खर्च प्रदान गरेकी छन्।

सामाजिक उत्तरदायित्व अन्तर्गत “आशा किरण केन्द्र”मा आश्रित सुस्त मानसिक अवस्थाको एक शिशुको एक वर्षको सम्पूर्ण दायित्व उनले ग्रहण गरेकी हुन्।

समाजसेवी अमात्यले केन्द्रका संचालक सुनील गुप्तालाई आर्थिक सहयोग हस्तान्तरण गरेकी हुन्र्। उक्त शिशुसहित केन्द्रका सम्पूर्ण बालबालिकाको सुस्वास्थ्य, शिक्षा र समुन्नत भविष्यको कामना उनले व्यक्त गरिन्।

शिशुहरूको माया, हेरचाह र भविष्यप्रति सामाजिक उत्तरदायित्व रहेको र यस्तो पुण्यकार्य गर्न पाउँदा आत्मिक सन्तुष्टि मिलेको उनले जनाएकी छन्।

Leave a review