प्रधानमन्त्रीद्वारा तराई–मधेसको सुक्खा क्षेत्रको अवलोकन

रासस
250 पाठक संख्या
प्रधानमन्त्री ओली – सुख्खाग्रस्त क्षेत्र अवलोकन मधेस, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओली मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन गर्नुहुँदै । प्रधानमन्त्री ओली तराई मधेसको सुख्खा क्षेत्रको अवस्था र किसानका समस्या बुझ्न तथा महोत्तरी र बारामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो । तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।

यही साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकले तीन महिनाका लागि मधेस–प्रदेशलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाका समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गर्नुभएको थियो ।

प्रधामन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनुहुनेछ ।

Leave a review