Sajhedari Daily
Latest News from Nepal

बारामा बसभित्र भारी मात्रामा लागू औषध सहित एक जना पक्राउ

रञ्जन यादब/
ईलाका प्रहरी कार्यालय सिमरा,बाराले भारी मात्रामा लागु औषध सहित एक जनालाई पक्राउँ गरेको छ । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.०२ स्थित तराई धर्मकट्टा अगाडि वीरगंज पथलैया सडक खण्डममा सार्बजनिक बसमा यात्रु तथा सवारी साधन चेकजाँचको क्रममा प्रहरीले लागुऔषध सहित मानिस पक्राउँ गरेको हो ।

वीरगंजबाट नारायणघाट जादै गरेको ना ६ ख ८९३८ नंम्बरको बसमो पछाडि सिटमा बसेका जिल्ला रौतहट गरुडा नगरपालिका वडा नं.८ बस्ने वर्ष २७ को हरि रामका साथबाट प्रहरीले लागुऔषध बरामद गरेका जनाएको छ ।

पक्राउँ परेकाले झोलाभित्र लुकाईराखेको ५ वटा पोका भित्र नाईट्राभेट १० लेखिएको ५० पत्तामा १५ सय पिस ट्याबलेट , १७ पोकामा नुफिन लेखिएको ८ सय ५० पिस, फेनारगन लेखिएको ८ सय ५० पिस र डाईजेपाम लेखिएको ८ सय ५० पिस गरी २ हजार पाँच सय ५० पिस एम्पुल अवैध लागू औषध बरामद गरेको हो ।

प्रहरीले लागुऔषध सहित मानिसलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।