कलैयामा खसी मासुको छालासहित र बिना छालाको छुट्टाछुट्टै मूल्य निर्धारण

साझेदारी डेलि
619 पाठक संख्या

कलैया । बाराको सदरमुकाम कलैयामा खसीको मासुको नयाँ मूल्य निर्धारण गरिएको छ। बारा उद्योग वाणिज्य संघले कलैया बजारमा खसीको मासुको मुल्य निर्धारण गरेको हो ।

संघका (वाणिज्य) उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन)को अध्यक्षतामा आईतवार आयोजित बैठकमा मासु व्यवसायीहरूसँगको समन्वयपछि मूल्य समायोजन गरिएको जनाईएको छ।

नयाँ निर्णयअनुसार छालासहित खसीको मासु प्रतिकिलो १,०५० रुपैयाँ र छाला नभएको मासु प्रतिकिलो १,१०० रुपैयाँ तोकिएको छ। यो दर तत्कालै लागू भएको संघले जनाएको छ।

संघले निर्धारण गरिएको मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न सबै व्यवसायीलाई निर्देशन दिँदै उपभोक्तालाई समेत सोही अनुसार सेवा उपलब्ध गराउन आग्रह गरेको छ।

Leave a review

This will close in 0 seconds