Sajhedari Daily
Latest News from Nepal

बर्तमान ओली सरकार तानशाही बन्यो–नेता डा.पराजुली

बर्तमान केपी ओली सरकार तानशाह भएको संविधान सभाका सदस्य डा. शोभाकर पराजुलीले आरोप लागाएका छन ।
रौतहको बौधीमाई नगरपालिकाको बकुलमा बौधीमाई नगर कार्यसमिति द्धारा आयोजना गरिएको दिपावली तथा छठको शुभकामना अदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दैनेपाली काँग्रेसका पुर्व सचेतक एवम नेता डा.पराजुली यस्तो वताएका हुन ।
नेपाली काग्रेस पार्टीका पुर्व मुख्य सचिव समेत रहका डा. पराजुलीले नेकपाका बहुमतका सरकारले बेथिती, अन्याय अत्याचार, दमन शोसन गर्दै बाक स्वतन्त्रतालाई समेत कुन्ठित गराईरहेको बताए।

राणा शासनकाल भन्दा पनि करोठ रुपमा बर्तमान सरकारले नागरिक माथि दमन गरिरहेको पराजुलीले आरोप लगाए । उनले प्रत्येक्ष उदाहरण नेपाली काँग्रेस रौतहट क्षेत्र नम्बर २ का निर्वाचित संघिय साँसद महम्द अफताब आलमलाई विना कारण बर्तमान सरकारले जेलमा हालेको जनाए ।

नेता पराजुलीले अफताबलाई जेलमा हालेर नेपाली काँग्रेसलाई रौतहट लगायत तराईका जिल्लाहरुमा कमजोर बनाउने सपना देख्नेहरुलाई सपना नदेख्न तुनौती दिएका छन ।

कार्यक्रममा रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का संघिय साँसद देवप्रसाद तिमिल्सीनाले बर्तमान सरकार असफल भएको दावी गर्दै किसानका लागि मलखाद उपलब्ध गराउन नसक्ने सरकारले एक बर्षमा ७ अर्वको गाडी किन्नु भष्टाचारको दलदलमा फसेको आरोप समेत लगाए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश २ का संसदिय दलका उपनेता लालबाबु शेख, राजपुर नगरपालिकाका मेयर सकिल महम्द, वृदाबन नगरपालिकाका मेयर रामस्नेही यादव, नेपाली काँग्रेसका जिल्ला कोषअध्यक्ष रामश्रेष्ठ साह, नेताहरु रामचन्द्र गिरी, नौसाद आलम लगायतकाले आफनो बिचार ब्यतm गरेका थिए।