लागू औषध खैरो हिरोइन सहित ३ जना प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
391 पाठक संख्या

बारा प्रहरीले लागू औषध खैरो हिरोइन सहित ३ जनालाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२ स्थित सिमरा चोकमा वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ६ ख ६०५९ नम्बरको यात्रुबाहक बसलाई रोकी चेक जाँच गर्ने क्रममा लागू औषध खैरो हिरोइन सहित ३ जनालाई नियन्त्रणमा लिइएको हो ।

उक्त यात्रु बसको चालकको सिटमुनी लुकाई छिपाई राखेको लागू औषध खैरो हिरोइन प्रहरीले बरामद गरेको हो ।

पक्राउ पर्नेमा बस चालक पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ३२ बस्ने अन्दाजी ३० वर्षीय मुनि लाल प्रसाद रौनियार,बस सह-चालक पर्साको पोखरिया नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी १९ वर्षीय दिपेन्द्र शर्मा र बस सह-चालक पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर ४ खेस्राहा बस्ने अन्दाजी १९ वर्षीय भिम गिरी रहेको प्रहरीले जनाएको छ ।

उनिहरुको साथबाट लागु औषध खैरो हिरोईन ९ ग्राम ७ सय ६० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ ।

उक्त ३ जनालाई नियन्त्रणमा लिई लागू औषध मुद्दा दर्ता गरी जिल्ला अदालत बारा, कलैयाबाट पाँच दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds