बहुबिवाह सम्बन्धी मस्यौदा खारेजीको माग गर्दै प्रर्दशन

रञ्जन यादव
182 पाठक संख्या

सिमरा : बहुबिवाहसम्बन्धी प्रस्तावित मस्यौदाको विरोधमा बाराको जीतपुरमा महिलाहरूले बुधबार प्रर्दशन गररेका छन ।

नारी शक्ति विकास मञ्च जीतपुरको अगुवाइमा महिलाहरूले वीरगंज–पथलैया राजमार्गअन्तर्गत जीतपुर सडकखण्डको चोकमा करिब आधा घण्टा सवारी अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले “प्रस्तावित मस्यौदा खारेज गर“, “महिला हेप्न पाइँदैन“, “समता, समानता, अधिकार हाम्रो नारा हो“ लगायतका नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। नारी शक्ति विकास मञ्च जीतपुरकी अध्यक्ष आशा दहालको नेतृत्वमा महिलाहरू सडकमा उत्रिएका थिए।

उनीहरूले महिलामाथि अन्याय र विभेद हुने खालका कानुनी प्रावधान नमानिने स्पष्ट पारेका छन्। प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यो मसस्यौदाको विषयमा अहिले देशभर महिला अधिकारकर्मीहरुले विरोध गरिरहेका छन ।

सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा छुट दिने गरी कानुन ल्याउने तयारी गरेको हो । जसका लागि विवाहित पुरुषले अर्की महिलासँग सम्बन्ध विस्तार गर्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरी संहिताको धारा १७५ संशोधन गर्न कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरिसकेको छ ।

दोस्रो विवाह हुनै नसक्ने कानुनी अवस्थाले महिला पीडित हुन पुगेकाले कानुन संशोधन गर्ने तयारी अघि बढाइएको मन्त्रालयले यसअघि नै जनाएको छ ।

Leave a review

This will close in 0 seconds