डिआइजी ढकालद्वारा नवनिर्मित ट्रेड हाउस तथा सञ्चार व्यारेकको उद्घाटन

साझेदारी डेलि
282 पाठक संख्या

कलैया : सशस्त्र प्रहरी बल नेपाल नं. २ छिनमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कृष्ण ढकालले सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, बारामा नवनिर्मित ट्रेड हाउस तथा सञ्चार व्यारेकको उद्घाटन गर्नुभएको छ।

बारा कलैया उपमहानगरपालिका -१६ उत्तरझिटकैयास्थित १२ नं. गण हेडक्वाटर परिसरमा नवनिर्मित ट्रेड हाउस तथा सञ्चार व्यारेकको डिआइजी ढकालले बिहीबार एक कार्यक्रम बिच रिबन काटेर उद्घाटन गर्नुभएको हो।

सो उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् डिआइजी ढकालले आन्तरिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै सशस्त्र प्रहरी बलको व्यावसायिक क्षमता अभिवृद्धि गर्न यस्ता संरचनाहरू महत्वपूर्ण हुने बताउनुभयो।

गणको कार्ययोजना अन्तर्गत आन्तरिक स्रोतसाधन तथा गण र मातहतका इकाइमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूको सीप, कला र श्रमदानबाट निर्माण गरिएको उक्त ट्रेड हाउसमा होजेरी, सैलुन, क्यान्टिन तथा मोची शाखा रहेको १२ नं. गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुमबहादुर केसीले जानकारी दिनुभयो।

उक्त कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विशाल सिल्वाल,नं. १३ गणका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्ट, नं. ४० रिजर्भ गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक नवराज थापा, नं. १२ गणका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारी, सशस्त्र प्रहरी निरीक्षकहरू उमेशकुमार आले,इन्द्रजंग थापा र प्रकाशराज पन्त,जुनियर अधिकृत, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

Leave a review