सिट ईन्सटीच्युटको ‘बैकिङ्ग केरियर डेभल्पमेन्ट’ कार्यक्रम शुरु

रञ्जन यादव
204 पाठक संख्या

सिमरा : बाराको सिमरामा रहेको सिट ईन्सटीच्युटले व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै ‘ बैकिङ्ग केरियर डेभल्पमेन्ट’ कार्यक्रमको लागु गरेको छ ।

बुधबार आयोजित विशेष कार्यक्रममा जीतपुर–सिमरामा क्रियाशील विभिन्न बैंकका प्रमुख प्रतिनिधिहरूलाई आतिथ्यका रूपमा आमन्त्रण गर्दै विद्यार्थीहरूलाई बैंकिङ क्षेत्रको भविष्य, अवसर र तयारीका उपायहरूबारे विस्तृत जानकारी दिईएको थियो।

कार्यक्रमका क्रममा बैंक प्रतिनिधिहरूले बैंकिङ क्षेत्रमा सफलता हासिल गर्न आवश्यक पर्ने अध्ययनका विधिहरू, परीक्षाका तयारी उपायहरू, आवश्यक सीप विकास र व्यावसायिक आचरणबारे आफ्ना अनुभवहरू विद्यार्थीहरूसँग बाँडेका छन। उनीहरूले विद्यार्थीहरूलाई बैंकिङ करियरप्रति उत्साहित र प्रेरित गराए।

सिट ईन्सटीच्युटका सञ्चालक द्वारिका राज पौडेलका अनुसार बैंकिङ क्षेत्रमा करियर बनाउन चाहने युवाहरूलाई लक्षित गर्दै विभिन्न तहका तयारी कक्षाहरू यही साउन २२ गतेदेखि सुरु हुनेछन्। तयारी कक्षाहरू बिहान र साँझ—दुवै सत्रमा सञ्चालन गरिनेछ, जसले विद्यार्थीहरूलाई समयअनुसार अध्ययन गर्न सहजता र लचिलोपन प्रदान गर्ने विश्वास लिइएको छ ।

कार्यक्रममा ६० जना बिद्यार्थीहरुको सहभागिता रहेको कलेजले जानकारी गराएको छ ।

Leave a review