कोल्हवी नगर उबासंघले तातो तथा चिसो खानेपानी व्यवस्था

साझेदारी दैनिक
304 पाठक संख्या

कोल्हवी : धीरेन्द्र पनुहर / बाराको कोल्हबी बजारमा तातो तथा चिसो खानेपानीको व्यवस्था गरिएको छ । कोल्हबी नगर उधोग बाणिज्य संघले उक्त खानेपानीको व्यस्था गरेको हो ।

उक्त तातो तथा चिसो खानेपानीको उद्घाटन कोल्हवी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले शुक्रवार एक कार्यक्रमवीच उद्घाटन गर्नुभएको छ ।

संघका अध्यक्ष लक्ष्मी प्रसाद कलवारको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रममा सम्बोधन गदै नगर प्रमुख रामप्रसाद चौधरीले कोल्हबी नगर उधोग बाणिज्य संघले चिसो तथा तातो खानेपानीको निर्माण गरेर बिकासको चरणमा प्रवेश गरेको बताउनुभयो । सो अवसरमा उहाँले कोल्हबी बजारमा रहेको सेवा सुबिधा सम्पन्न भवन तयार भईसकेको र अबको केही दिनमा नै संचालन हुने जानकारी दिनुभयो ।

कोल्हबी नगर उधोग बाणिज्य संघका अध्यक्ष लक्ष्मी प्रसाद कलवारको अनुसार दुई लाख पचपन हजारको लागतमा निर्माण भएको यस तातो चिसो खानेपानीको मदतले कोल्हबी बजारमा आउने बटुवाहरुलाइ पानी खान सजिलो हुने जानकारी दिनु भयो । खानेपानी टंकीलाई व्यवस्थापन गर्न हामी सबैको जिम्मेवारी रहेकोले यसलाई सबै मिली जोगाउनु पर्ने कुरामा अध्यक्ष लक्ष्मी प्रसाद कलवारले जोड़ दिनु भयो ।

उदघाटन कार्यक्रममा कोल्हवी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, कोल्हवी नगरपालिका वडा न ३ का वडा अध्यक्ष किसुनदयाल चौधरी ,कोल्हबी नगर उधोग बाणिज्य संघका सस्थापक अध्यक्ष महेश कुमार साह, उधोग बाणिज्य संघका पुर्व अध्यक्षहरु सुकदेव रौनियार, अजय कुमार साह, ईलाका प्रहरी कार्यालय कोल्हबिका सईं लाल प्रसाद यादव , समाज सेवी भुवन चौधरी , त्रियोगी चौधरी ,बरिष्ट उपाध्यक्ष रामप्रसाद प्रसाईं, उपाध्यक्ष बिरेन्द्र प्रसाद चौधरी ,महासचिव शम्भु साह,कोषाध्यक्ष प्रेम कुमारी चौधरी , समाजसेवि ,बुद्धिजीवी ,पत्रकार ,सुरक्षाकर्मीहरु लगाएतको उपस्थित रहेको थियो ।

शम्भू साहले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य ,बरिष्ट उपाध्यक्ष रामप्रसाद प्रसाईंले गर्नु भएको थियो । तातो चिसो खानेपानी संचानमा ल्याकोले कोल्हबी बजारका व्यापारीहरुले कोल्हबी नगर उधोग बाणिज्य संघलाइ धन्यबाद दिएको छ ।

Leave a review

This will close in 0 seconds