फरार प्रतिवादीहरू पक्राउ,अदालतमा दाखिला

साझेदारी दैनिक
346 पाठक संख्या

कलैया : बारा प्रहरीले चार जना फरार प्रतिवादी पक्राउ गरी बारा जिल्ला अदालतमा दाखिला गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले आइतबार एक प्रेस विज्ञप्ति जारी गरेर यस बारे जानकारी दिएका हुन्।

प्रहरी कारवाहीको सिलसिलामा यस जिल्ला प्रहरी कार्यालय बारा मातहतका प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका तथा वारदात पश्चात फरार रहेकालाई खोजतलास गरी लुकिछिपि बसेको अवस्थाबाट नियन्त्रणमा लिएको हो।

अस्थायी प्रहरी पोष्ट सिंगौलले चोरी मुद्दामा दुई महिना कैद तथा पाँच हजार जरिवाना सजापाएका निजगढ १ नमुना बस्तीका चन्द्रबहादुर विकलाई पक्राउ गरेको हो।

प्रहरी चौकी बरियारपुरले चेक अनादर मुद्दामा १५ सय रुपैयाँ जरिवाना सजाय पाएका महागढीमाई नगरपालिका वडा नम्बर २ भन्जीयाका भुपेन्द्रप्रसाद यादवलाई पक्राउ गरेको हो।

ईलाका प्रहरी कार्यालयले चेक अनादर मुद्दामा तीन हजार दण्ड जरिवाना सजाय पाएका निजगढ नगरपालिका वडा नम्बर ८ निवासी सन्तोष प्रसादलाई पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट रतनपुरले चोरी संरक्षित वनयजन्तु हात्तीको दाह्रा आखेटोपहार ओसार पसार गरेको मुद्दामा पाँच वर्ष तीन महिना कैद र पाँच लाख रुपैयाँ जरिवाना सजाय पाएका निजगढ ११ निवासी सुकुमार गुरोलाई पक्राउ गरेको हो।

Leave a review