राष्ट्रपति पौडेलद्वारा भगवान् श्रीकृष्णको पूजाआराधना

रासस
241 पाठक संख्या

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले यहाँस्थित कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना गर्नुभएको छ ।

त्यसपश्चात् उहाँलाई मन्दिरका पुजारीले फूल प्रसाद प्रदान गर्नुभएको थियो । साथै राष्ट्रपति पौडेलले मङ्गहिटीको अवलोकन गर्नुभएको थियोे ।

राष्ट्रपतिलाई मन्दिर परिसरमा ललितपुरबाट निर्वाचित सङ्घीय संसद्का सदस्य, वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेल, वाग्मती प्रदेशसभा सदस्य, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबावु महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद ढकाल, महानगरउपप्रमुख मञ्जली शाक्य बज्राचार्य, सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरे, महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखादास श्रेष्ठलगायत नगरवासीले स्वागत गर्नुभएको थियोे ।

Leave a review

This will close in 0 seconds