अनाधिकृतरूपमा भण्डारण गरीएको २ हजार ३ सय २५ के.जी.केराउ बरामद

साझेदारी दैनिक
561 पाठक संख्या

साझेदारी संवाददाता/

पर्सा प्रहरीले अनाधकृत रुपमा भण्डारण गरि राखिएका २ हजार ३ सय २५ केजी केराउ बरामद गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१६ रेल्वे सडकखण्ड स्थित अजय साहले सञ्चालन गरेको जय माँ गाला किराना स्टोरमा अनाधिकृतरूपमा भण्डारण गरी राखिएको केराउ बरामद गरेको हो ।

२५ के.जी का दरले ९३ बोरामा रहेको केराउको बजार मुल्य दुई लाख उनानसी हजार रहेको तथा आवकयक कारवाहीकोे लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने कार्य भैरहेको  पर्साका प्रहरी प्रबक्त कुमार बिक्रम थापाले जानकारी दिएका छन् ।

Leave a review