पर्सामा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
290 पाठक संख्या

कलैया । पर्सा प्रहरीले बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको साविक गा.वि.स.सबैठवा वडा नं.९ हाल वीरगञ्ज महानगरपालिका वडा नं.५ बस्ने ४७ वर्षीय राजेशकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएका फैसला कार्यन्वयन टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.८ स्थित लुकिछिपि बस्दै आएका गुप्तालाई पक्राउ परेका हुन्।

गुप्तामाथि १२ दिन कैद र ११ लाख जरिवानाको आदेश अदालतले दिएको हो। गुप्तालाई प्रहरी टोलीले नियन्त्रणमा लिइ पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ।

Leave a review