जीतपुर : नेकपा (माओवादी केन्द्र) जीतपुरसिमरा नगर कमिटीले महान सहिद रामबृक्ष यादवको स्मृति दिवसको अवसरमा नगर अस्पतालका बिरामीलाई जुस तथा फलफूल वितरण गरेको छ ।
सहिद यादवको स्मृतिमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरूले उनको जीवनी, संघर्ष र योगदानबारे चर्चा गरेका थिए । नगर कमिटीका अध्यक्ष प्रेम बरालले तत्कालीन निरंकुश शासनविरुद्ध स्वतन्त्र विचार राखेका कारण यादवलाई सत्ता शासकहरूको इसारामा हत्या गरिएको स्मरण गराए ।
रामबृक्ष यादव बाराका प्रखर क्रान्तिकारी नेता थिए। सामाजिक न्याय, समानता र परिवर्तनका लागि सक्रिय रहँदै आएका यादव तत्कालीन पञ्चायती शासनको विरोधमा जनआन्दोलनमा होमिएका थिए। स्वतन्त्र विचार र निरंकुश शासनविरुद्धको स्पष्ट धारणा राखेकै कारण उनी सत्ता शासकहरूको निशानामा परेको सो अवसरमा नेताहरुले बताएका थिए ।
फलफूल वितरण कार्यक्रममा माओवादी केन्द्रका विभिन्न नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन बेनि तिम्लसिनाले गरेका थिए ।

