घरेलु तथा साना उद्योग कार्यालय बाराले स्वदेशी उत्पादन अभियान,उद्योगीको सम्मान नाराका साथ नवौंं उद्योग दिवस मनाएको छ ।
बाराको सदरमुकाम कलैया उपमहानगर –४ मा रहेको घरेलु तथा साना उद्योग कार्यालय अगाडिबाट भरत चौक हुँदै कार्यालयसम्म शनिबार ¥याली निकालिएको थियो । औपचारिक कार्यक्रम कार्यालयको सभा हलमा परिणत भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत धर्मेन्द्र लाल कर्णको अध्यक्षतामा सो कार्यक्रम भएको हो । प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।
बारामा २०७९÷८० मा जम्मा ८ सय ९५ उद्योग दर्ता भएको छ । एक करोड ३४ लाख ३५ हजार ७ सय ३० रुपैया कुल राजस्व संकलन भएको छ ।२०७९÷०८० मा महिला २ सय ३४ र पुरुष २९ जना गरी २ सय ६३ जनाले तालिम प्राप्त गरेका छन् ।
सो कार्यक्रममा कलैया उप महानगरपालिका का प्रमुख प्रशासकीय अधिकृत नाथु साह,उद्योग वाणिज्य संघ कलेयाका अध्यक्ष राजकुमार साह,उद्योग वाणिज्य संघ जितपुरका अध्यक्ष मोहन शर्मा,उपभेत्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष अरुण खनाल,ब्यूटी पार्लर संघ कलैयाका अध्यक्ष शोभा सर्राफ लगायतकाले सम्बोधन गरेका थिए ।
प्रमुख अतिथि प्रजिअ सापकोटाले सानो ज्ञान र पुजीबाट बिदाई,सम्मान कार्यक्रममा प्रयोग हुने मायाको चिन्ह गिफ्तको व्यवसाय गर्न आग्रह गरेका छन् ।
तालिम संचालन गर्दा सहभागीहरुलाई पहिचान गरी टिम चयन गर्न र तालीमको सदुपयोग गर्न उनले आग्रह गरे ।
विकासका लागि हुने सहयोग गर्न कहिल्यै पछि नहट्ने उनले प्रतिबद्धता जाहेर गरे । घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख उद्योग अधिकृत धर्मेन्द्रलाल कर्णले डिजिटल युगमा कुनै पनि साना उद्योग पछाडि नछोड्ने सुनिश्चित गर्दै प्राविधिक विकासको व्यापक प्रयोगको लागि आग्रह गरे । अगामी आर्थिक वर्ष देखि नयाँ दर्ता तथा नविकरणको कार्य डिजिटल रूपमा गर्ने लक्ष्य राखेको बताए ।
उक्त कार्यक्रममा कलैया उप महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, उद्योग वाणिज्य संघ कलेयाका अध्यक्ष राजकुमार साह, उद्योग वाणिज्य संघ जितपुरका अध्यक्ष मोहन शर्मा,उद्योग बाणिज्य संघ निजगढ़का अध्यक्ष दिपेन्द्र श्रेष्ठ,उद्योग वाणिज्य संघ प्रर्सानीका तुलसी साह,उद्योग बाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु कुशवाहा,उद्योग वाणिज्य संघ कोहल्वीका अध्यक्ष लक्ष्मी प्रसाद साह,उद्योग वाणिज्य संघ बरियारपरका अध्यक्ष विजय स्वर्णकार,उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष अरुण खनाल,ब्यूटी पार्लर संघ कलैयाका अध्यक्ष शोभा सर्राफ,माछा व्यवसायी संघ कलैयाका अध्यक्ष वीरेन्द्र चौधरी,अलि शरण अन्सारी,उपेन्द्र यादव,समाजसेवी,बुद्धिजीवी र संचारकर्मीहरु लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा स्वागत मन्तव्य घरेलु तथा साना उद्योग कार्यालय बाराका छैठों अधिकृत अमोदकुमार यादवले गरे । सो कार्यक्रमको सन्चालन लेखापाल सुरेन्द्र चौधरीले गरेका थिए ।


