सिम्रौनगढमा नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
194 पाठक संख्या

जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा सिम्रौनगढमा आइतबार नागरिक सुनवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यहाँको वडा नम्बर ६ स्थित उद्योग वाणिज्य संघ सिम्रौनगढको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सभा सदस्य राजपतीदेवी जैसवाल रहेकी थिइन् ।

उद्योग वाणिज्य संघ सिम्रौनगढ शाखाको अध्यक्ष लालबाबु कुाश्वाहाको अध्यक्षतामा सो कार्यक्रम भएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले शान्ति सुरक्षा,अपराध अनुसन्धान तथा नियन्त्रण,लागु औषध नियन्त्रण,चोरी तस्करी नियन्त्रण तथा सवारी दुर्घटना न्युनिकरण सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बाराबाट सम्पादन गरिएका कार्यहरुको बारेमा जानकारी दिएका थिए ।

साथै सहभागीहरुको तर्फबाट उठेका प्रश्न एवम् गुनासाहरुको बारेमा पनि उनले सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका नगरप्रमुख किशोरीप्रसाद कलवार,स्थानीयबासी,जनप्रतिनिधि,राजनीतिक दलका प्रतिनिधि,नागरिक समाज,उद्योग वाणिज्य संघका प्रतिनिधि तथा भद्रभलादमी,बुद्धिजिवी समाजसेवी गरी ७० जना मानिसहरुको सहभागिता रहेको थियोे ।

Leave a review