भारतीय कामदारहरुलाई स्वदेश पठाउन बारा प्रशासन तयार ,एक पटकमा ५ सय मजदुर पठाउने तयारी

साझेदारी दैनिक
साझेदारी दैनिक 404 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
बिभिन्न उद्योगमा कार्यरत भारतीय कामदारहरुलाई स्वदेश पठाउन बारा प्रशासनले तरखरता देखाएको छ ।
स्वदेश फर्कन चाहने कामदारहरुले स्थानीय प्रहरी कार्यालय वा उद्योग भएको स्थानिय तहमा आफनो नाम दर्ता गराउन सक्ने बारा प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

उहाँले स्थानीय तह र उद्योगको सवारी साधन मार्फत भारतीय मजदुरलाई पठाउने काम हुने पण्डितले बताउँनुभयो । भोलि (बुधबार)देखि एक पटकमा करिब ५ सय मजदुर पठाउने कुरा भईरहेको जनाईएको छ ।

“पठाउने मजदुरहरुको बिवरण तयार हुँदै छ ,कतिपय स्थानीय तहहरुबाट बिवरण आईसकेको छ भने कतिपयको आउने क्रममा नै छन् ।” प्रमुख जिल्ला अधिकारी पण्डितले भन्नुभयो  ।

तर कतिपय पालिकाहरुमा आफुहरुलाई भारतीय मजदुरहरुको नाम सङकलनको जानकारी नै नआएको बताएका छन् ।
बारा जिल्लामा सबभन्दा बढी उद्योग,कलकरखाना भएको  जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले आफुलाई यस बिषयमा केही जानकारी नभएको बताएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख डा.कृष्ण पौडेलले आफुहरुलाई भारतीय मजदुरहरुको नाम सङकलन गर्ने बिषयमा कुनै जानकारी प्राप्त नभएको बताएका छन् ।

र्ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरिक्षक गोबिन्द पुरीले मजदुर आफैँ आएर वा सम्बन्धित उद्योग ,कलकरखानाको प्रतिनिधिले भारत फर्किन चाहने मजदुरहरुको नामावली आफनो कार्यालयमा आएर दर्ता गराउन सक्ने जानकारी दिनुभयो ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review