पर्सामा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी एक जना पक्राउ

साझेदारी डेलि
48 पाठक संख्या

कलैया । पर्सा प्रहरीले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई शनिबार पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नं.४ तुलसी वर्वा बस्ने राजवा भन्ने अखिलेश साह तेली रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

इलाका प्रहरी कार्यालय भिष्वा बञ्जारीबाट खटिएको प्रहरी टोलीले राजवा भन्ने अखिलेश साह तेलीलाई निजकै घरबाट नियन्त्रणमा लिईएको पर्साका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जनाएका हुन्।

उनका अनुसार पक्राउ गरिएका अखिलेशलाई पर्सा जिल्ला अदालतमा बुझाउने कार्य भईरहेको छ । तेलीमाथी अदालतले १० वर्ष कैदको फैसला गरेको थियो।

Leave a review