हाम्रो साहस माइती नेपालको सहकार्यमा दुई दिने गोष्ठी सम्पन्न

साझेदारी दैनिक
254 पाठक संख्या

कोल्हवी : बिनिता चौधरी / महिला विकास समाज केन्द्र कोल्हवी ११ को आयोजनामा दुई दिने गोष्ठी होटल मिस्टिक तराईमा सम्पन्न भएको छ।

यु के ईन्टरनेसनल र यु एन वोम्यान हाम्रो साहस अन्तर्गत माइती नेपालको सहकार्यमा सो गोष्ठी भएको हो।

१६ बर्ष देखि २० बर्ष सम्मको युवाहरुको सकारात्मक पुरुषत्व बारे किशोरहरु र पुरुषहरुसंग सो गोष्ठी सम्पन्न भएको हो।

गोष्ठिमा कोल्हबी नगरपालिकाको प्रत्येक वडाबाट र करैयामाइ गाउँपालिकाको प्रत्येक वडाबाट गरी २३ जनाको सहभागिता रहेको थियो।

कार्यक्रम मार्फत महिला लैङिकको बारेमा प्रशिक्षण दिइएको हो। नारी र पुरुष एक अर्काको पुरक भनेर विभिन्न किसिमको उदाहरणहरु सो कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागीहरुलाइ प्रशिक्षक निभा सिंह र हिरालाल चौधरीले प्रशिक्षण दिएका थिए।

Leave a review

This will close in 0 seconds