पथलैया खानेपानीमा नव निर्वाचित समितिको पद तथा गोपनियताको सपथ ग्रहण

रञ्जन यादव
475 पाठक संख्या

रञ्जन यादव/

पथलैया खानेपानी उपभोक्ता तथा सरसफाई समितिको नवनिर्वाचित पदाधिकारीहरुको पद तथा गोपनियताको सपथ ग्रहण र प्रमाणपत्र बितरण कार्यक्रम पथलैयामा सम्पन्न भएको छ ।

कार्यक्रममा निर्वाचन अधिकृत शंकरकुमार अचार्यले नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँनुभएको थियो ।

समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचनमा सुरेश कुमार लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

समितिको २५औं साधारणसभाले सर्वसम्मत् नेतृत्व चयन गर्न नसकेपछि भएको निर्वाचनमा लामा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।

नवनिर्वाचित समितिको अध्यक्षमा लामा, उपाध्यक्षमा तोयानाथ खनाल,सचिवमा किरण आले मगर,कोषाध्यक्षमा लाक्पा ग्याबु शेर्पा र सहसचिवमा खड्कराज तामाङग निर्वाचित हुनुभएको छ ।

त्यस्तै समितिको सदस्यहरुमा एकमाया जिम्बा,दीपेन्द्र कुमार श्रेष्ठ,दीप राई,लक्ष्मी भट्ट,प्रेमबहादुर लामा र पार्वती श्रेष्ठ निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि तीन जनाबीच भएको प्रतिस्पर्धामा लामा कार्कीसंग ७८ मतको मतान्तरले निर्वाचित भएका छन् ।

लामाले दुई सय ७९ मत प्राप्त गर्दा खिल बहादुर कार्कीले दुई सय एक मत प्राप्त गरे । यसैगरी अध्यक्षका एकल उम्मेदवार राजकुमार डिमडुङले ७८ मत प्राप्त गर्नुभएको छ । कुल ६ सय ४३ मतदातामध्ये निर्वाचनमा पाँच सय ७३ मत खसेको थियो ।

सपथ ग्रहण कार्यक्रमको अध्यक्षता जीतपुरसिमरा वडा नं १ का अध्यक्ष हिराबहादुर गुरुगंले गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति छविलाल शर्माको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि श्यामबाबु गुप्ता,रामबहादुर अधिकारी,राजकुमार थापा,श्याम सुवेदी,नेकपा माओवादीका यमनाथ ओझा,बेनी तिमल्सिना,मिन प्रसाद आपागाइँ,नेकपा समाजवादीका रामदास धैजुलगायतले निर्वाचित पदाधिकारीहरुलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

निर्वाचन अधिकृत भुवन राईले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सुमन थापा मगरले गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds