Sajhedari Daily
Latest News from Nepal

कार्तिक शुक्ल द्धितीयाका दिन मनाईने चित्रगुप्त पूजा सम्पन्न

प्रत्येक वर्ष झै यस वर्ष पनि कार्तिक शुक्ल द्धितीयाका दिन कलैया वडा नम्बर ६ स्थित बेलपाति मन्दिर परिसरमा रहेको चित्रगुप्त भगवानको पुजा मंगलवार सम्पन्न भएको छ ।

स्थानिय चित्राशहरुद्धारा भव्य पूजा अर्चना एवं सम्मान कार्यक्रमको आयोजना गरी सम्पन्न भएको पुजामा चित्रांश विनोद कुमार मल्लिकले साझेदारीलाई बताए छन ।

हरेक बर्ष झै सम्मान कार्यक्रमको निरन्तरता दिने क्रममा यस वर्ष चार जना ज्येष्ठ महिला बृद्धहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको मल्लिकले बताए । सम्मानित हुनेहरुमा ९१ वर्षिय गंगा देवी, ८८ वर्षिय श्रीमुखी देवी, ८२ वर्षिय प्रेमलता देवी र ७३ वर्षिय सुनयना देवी रहेको छन ।

चित्रांश विन्देश्वरी प्रसाद वर्माको अध्यक्षतामा सम्पन्न पूजा अर्चना एवं सम्मान कार्यक्रममा स्वागत चित्रांश कृष्ण कुमार कर्णले गरेका थिए । कार्यक्रममा चित्रांश गोविन्दलाल कर्णले धन्यवाद ज्ञापन तथा चित्रांश संन्तोषलाल कर्णले कार्यक्रमको संचालन गरेका थिए ।

सोही कार्यक्रममा चित्रांशहरुको उत्थान एवं सामाजिक प्रेरणा प्रदान गर्ने उदेश्यले चित्रांश विनोद कुमार मल्लिकको अध्यक्षतामा चित्रांश सेवा तदर्थ समिति नामम ९ सदस्यी संस्था समेत गठन गरिएको आयोजक संस्थाले जानकारी दिएको छ ।