दुर्गा माताको मूर्ति बनाउन गाउँलेहरुद्वारा ल्याईयो माटो

साझेदारी दैनिक
199 पाठक संख्या

कलैया : बडादशैं आउन २२ दिन बाँकी छ। दुर्गा माताको मूर्ति बनाउन तयारी बारामा शुरु भएको छ। यसै सन्दर्भमा बाराको कलैया उपमहानगरपालिका वडा नं १० निलकण्ठवामा दुर्गा माताको मूर्ति बनाउनको लागि गाउँलेहरुले माटो ल्याएका छन्।

वडा कार्यालय र स्वास्थ्य चौकी नजिकै एकवर्ष पहिलेदेखि दुर्गा पूजा गर्न शुरू गरिएको थियो। दोस्रो वर्षको लागि स्थानीय महिलाहरुले सामुहिक रुपमा माटो ल्याएका हुन्।

सुरुज बाबाको मन्दिरबाट बाजागाजासहित माटो ल्याउन निस्केका महिलाहरुले गाउँ परिक्रमा गरेका थिए। भक्तजनहरुले ब्रह्म बाबाको पुजा गरेर कडिया नदिको छेउबाट माटो ल्याएका हुन्।

माटो ल्याउने कार्यक्रममा अध्यक्ष जागेश्वर बैठा, सदस्य दशई ठाकुर, अजय कुशवाहा, रामाधार चौरसिया, गणेश कुशवाहा, वीरेन्द्र कुशवाहा, सुनिल पासवान, राजु कुशवाहा, राकेश कुशवाहा, सुमन साह तुलसा, बालबालिका लगायत स्थानीयहरुको सहभागिता रहेको श्री दुर्गा पूजा समिति निलकण्ठवाका सचिव दया सिन्धु कुशवाहाले साझेदारी दैनिकलाई जानकारी दिए।

Leave a review