बारामा आज साँझ ८ बजेदेखि भोलि विहान ६ बजेसम्म कर्फ्यु लागू

साझेदारी दैनिक
302 पाठक संख्या

कलैया : बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले बिहीबार एक सूचना जारी गरी निषेधाज्ञा (कर्फ्यु) आदेश जारी गरेका छन्। सो आदेश ( आज ) बिहीबार साँझ आठब जेदेखि भदौ २७ गते शुक्रबार विहान ६ बजेसम्म सो आदेश लागु हुनेछ।

सूचनामा हालको विषम् परिस्थितिको अनुचित फाइदा उठाउने उद्देश्यले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा क्षति पुर्याउने, लुटपाट एवम् आगजनी गर्ने, व्यक्ति लक्षित हिंसक आक्रमण लगायत अवान्छित गतिविधि तथा क्रियाकलाप हुन नदिन र जिल्लाको शान्ति सुरक्षा एवं अमनचयन कायम गर्न सो आदेश जारी गरिएको हो। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम सो आदेश जारी भएको हो।

बारा जिल्लाभर कसैले आवत–जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कफ्र्यू आदेश जारी गरिएको छ ।

कर्फ्युको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जनाइएको छ।

Leave a review

This will close in 0 seconds