बिल बिजक भन्दा बढी कपडा लोड रहेको ट्रक नियन्त्रणमा

साझेदारी दैनिक
409 पाठक संख्या

पर्सा प्रहरीले बिलबिजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू बोकेको एउटा माल बाहक ट्रकलाई नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट झापातर्फ जाँदै गरेको ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्सा वीरगञ्ज महानगरपालिका–.१४ गण्डक चोकस्थित सडकखण्डमा रोकेर सो ट्रकको प्रहरीले जाँच गरेको थियो ।

जाँचको क्रममा उक्त ट्रकमा बिल बिजक भन्दा बढी सामान रहेको पाइएको प्रहरीले जनाएको छ ।ट्रक र सामानलाई ४२ लाख ३२ हजार ८२७ रुपैया मूल्यांकन गरिएको छ ।

थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि सो ट्रक राजश्व अनुसन्धान कार्यालय पथलैया,बारामा बुझाइएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds