महान्यायाधिवक्ता भण्डारीद्वारा सपथ ग्रहण

रासस
248 पाठक संख्या
first nepali female attorney general resume office. photo deepak kc

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश राउतले नवनियुक्त महान्यायाधिवक्ता भण्डारीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।

वरिष्ठ अधिवक्ता भण्डारीलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । नेपालको इतिहासमा उहाँ पहिलो महिला महान्यायाधिवक्ता बन्नुभएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीकोे सिफारिसमा राष्ट्रपति पौडेलले उहाँलाई महान्यायाधिवक्ता नियुक्त गर्नुभएको हो । यसअघि, महान्यायाधिवक्ता रमेश बडाल हुनुहुन्थ्यो ।

उहाँले राजीनामा दिएपछि भण्डारी महान्यायाधिवक्ता हुनुभएको हो । भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको छोरी हुनुहुन्छ । यसअघि उहाँ सूचना आयुक्तसमेत रहिसक्नुभएको छ ।

Leave a review

This will close in 0 seconds