फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

संदिप प्रसाद यादव
244 पाठक संख्या

बारा प्रहरीले फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलीले जिल्ला अदालत बाराबाट दोषी ठहर भई लुकिछिपि बसेको अवस्थामा खोजतलास गरी पक्राउ गरेको हो ।

प्रहरीले साधारण चोरी मुद्दामा अदालतबाट पाँच हजार जरिवाना पाएका बाराको महागढीमाई नगरपालिका वडा नं. २ बस्ने अन्दाजी २३ वर्षीय निलेशकुमार जैसवाललाई पक्राउ गरी प्रहरीले अदालतमा दाखेल गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

Leave a review