तोडफोड, लुटपाट, आगजनी तथा हिंसात्मक घटनाको छानवीन गर्न रास्वपा बाराको माग

साझेदारी दैनिक
375 पाठक संख्या

कलैया । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड, लुटपाट, आगजनी लगायतको हिंसात्मक घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको कुनै संलग्नता नभएको सो पार्टीले जनाएको छ।

रास्वपा बाराका जिल्ला सचिव राम हरि खरेलले जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङलाई मंगलबार ध्यानाकर्षण पत्र बुझाएका छन्।

पत्रमा तोडफोड, लुटपाट, आगजनी तथा हिंसात्मक घटनाको स्वतन्त्र तथा निष्पक्ष छानवीन गर्न माग गरिएको छ। तोडफोड लगायतको घटनामा पार्टीलाई जोडने काम भइरहेको भन्दै त्यस्तो नगर्न भनिएको छ।

पार्टीको आन्दोलनमा समर्थन रहेपनि हिंसात्मक कार्यमा कुनै किसिमको समर्थन नरहेको पत्रमा स्पष्ट पारिएको छ। आन्दोलनको क्रममा शहीद भएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। ध्यानाकर्षणको बोधार्थ गृह मन्त्रालय सिंहदरबारमा पठाइएको छ।

रास्वपा बाराका संयोजक चन्दन कुमार स्वर्णकार बारा– का ४ क्षेत्रीय सभापती युवराज न्यौपाने बारा ४ का प्रतिनिधि सभा सदस्यका प्रत्याशी उम्मेदवार पवन चौधरी, बारागढी गाउँपालिकाका सभापति शनि जसवाल लगायत जिल्ला र क्षेत्रीयका पदाधिकारीहरु लगायतको उपस्थितिमा सो पत्र बुझाइएको हो।

Leave a review