धोधरपाको चान्द राइस मिलमा आगलागी

साझेदारी दैनिक
400 पाठक संख्या

कोल्हवी : जितेन्द्र प्रसाद चौधरी /बाराको कोल्हवी वडा न ७ धोधरपामा रहेको चान्द राइस मिलमा शुक्रबार राती आगलागी भएको छ।

राइस मिलमा रहेको मिटर बक्स भित्र तार सर्किट भएर आगलागी भएको हो। मिलका संचालक राजु चौधरीका अनुसार आगलागीबाट दुई लाख ३६ हजार बराबरको क्षति भएको छ।

आगलागी बाट ७५ हजार को मिटर ५२ हजार पाँच सय बराबर को मिटर तार चार फेज २२ हजार को एम सि बि २७ हजार को स्टार्ट २५ हजार को वाइरिङ तार ३५ हजार बराबरको बोर्ड स्युचमा क्षति पुगेको हो।

आगलागीबाट मानवीय क्षति नभएको बारागढी चौकीका प्रमुख नागेन्द्र यादवले जानकारी दिए।

Leave a review

This will close in 0 seconds