कलैया : निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल तथा तीनका उम्मेदवारहरु गर्ने चुनावी खर्चको निगरान गर्ने भएको छ ।
आयोगले दल र उम्मेदवारहरुले गर्ने खर्चलाई अनुगमन गर्नका लागि अनुगमन अधिकृत तोकिएको हो । निर्वाचन आयोगले राजनीतिक वित्त तथा निर्वाचन खर्चको विषयमा अनुगमन गर्ने १० वटा विषयमा अनुगन गर्ने शर्तहरु सहित प्रमुख कोष नियन्त्रकलाई अनुगमन अधिकृतका रुपमा अनुगमन अधिकृ
निर्वाचन आयोगले जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको हो । निर्वाचन आयोगले प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको लागि १० वटा कार्य शर्तहरू रहेसमेत तय गरेर गरेको छ ।
आयोगले निर्वाचन (कसुर तथा सजाय ऐन २०७३ को दफा २७ को व्यवस्था कार्यान्वयनको लागि राजनीतिक दल, उम्मेदवार वा निर्वाचन प्रतिनिधिले निर्वाचन प्रचारप्रसारका लागि प्रचलित निर्वाचन कानुन विपरीत हुने गरी सरकारी वा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिए नलिएको वारे आवश्यक सूचना संकलन गर्ने लगेछ जस्ता सर्तहरु तया गरेको छ ।


