कलैया : गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा तोडफोड भएको नेपाली कांग्रेस पार्टी बाराको कार्यालयमा सरसफाई गरिएको छ।
कलैयास्थित बी.पी. स्मृति भवनमा रहेको पार्टी कार्यालयमा केही आन्दोलनका बेला केही अपराधिक मानसिकताका व्याक्तिहरुले कार्यालयमा तोडफोड गरेका थिए ।
आन्दोलनका क्रममा कार्यालयको पर्खाल, ढोका, झ्यालका सिसा, बी.पी. कोइरालाको स्मृतिको शालिकसहितका संरचनामा क्षति पु-याइएको थियो। काँग्रेस बाराको नेता तथा कार्याकर्ताहरुको सहभागितामा मंगलबार सरसफाई गरिएको हो ।
सरसफाई कार्यक्रममा कांग्रेस बारा जिल्ला सभापति राजेश राय यादव , उपसभापति मनोज भट्ट, सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, उपाध्यक्ष पुनम देवी, बारा–४ (ख) क्षेत्रीय सभापति लोकेश सिंह, युवा नेता रविकरण साह लगाय नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।


