Sajhedari Daily
Latest News from Nepal

जीतपुुरसिमराले लैङिगक हिंसा सम्बन्धि १६ दिने अभियान सुुरु

रञ्जन यादब /
बाराको जीतपुुरसिमरा उपमहानगरपालिकाले लैङिगक हिंसा सम्बन्धि १६ दिने अन्तराष्ट्रिय अभियान बुधवारबाट सुुरु गरेको छ । अभियानको पहिलो दिन उपमहानगरपालिकाले लैङिगक हिंसा बिरुद्ध ¥याली प्रर्दशन तथा प्रतिबद्धता सहितको हस्ताक्षरपत्र कार्यक्रम सम्पन्न गरिएको छ ।

लैङिगक हिंसा विरुद्ध बिभिन्न नाराहरु ईङ्कीत ब्यानर र प्ले कार्डहरु लिएर सहभागीहरुले जीतपुुर बजार परिक्रमा गरेका थिए । लैङिगक हिंसा अन्त्यको प्रतिबद्धता ःब्यक्ति समाज र सबैको ऐक्यबद्धता मुुख्य नारा सहित कार्यक्रम सम्पन्न गरिएको छ ।
¥यालीपछि भएको औपचारिक कार्यक्रममा सहभागिहरुले म लैङिगक हिंसा गर्ने छैन्,गराउँने छैन र यसको प्रतिकार गर्ने छुु भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

औपचारिक कार्यक्रममा बोल्दै जीतपुुरसिमरा उपमहानगरपालिकाको उपप्रमुुख सरस्वती देबी चौधरीले वडा वडामा लैङिगक हिंसा अन्त्य गर्न उपमहानगरपालिका गम्भिर भएर लागेको बताईन । यस अभियानमा जनप्रतिनिधि ,सञ्चारकर्मी र बिभिन्न संघसंस्थाहरुले साथ दिनुुपर्ने धारणा ब्यक्त गर्नुुभयो ।

त्यस्तै जीतपुुरसिमरा उपमहानगरपालिकाको प्रमुुख प्रशासकीय अधिकृत चेत बहादुुर पोख्रेलले घर घरबाट लैङिगक हिंसा अन्त्य गर्नुुपर्ने धारणा ब्यक्त गर्नुुभयो । लैङिगक हिंसामा महिला मात्र पिडित नभई पुुरुष पनि पिडित हुुने गरेको अधिकृत पोख्रेलले बताए । आफनै घरबाट लैङिगक हिँसा अन्तयको तयारी सुुरु गर्न सबैमा अनुुरोध समेत गरेका छन ।

महिला तथा बालबालिका शाखाका अधिकृत सिमा यादबको स्वागत मनत्बय र समाजिक बिकास शाखा अधिकृत दुुर्गा न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, प्रहरी,गैह« सहकारी संस्थाका प्रतिनिधि ,सहकारीकर्मी लगायतको सहभागिता रहेको थियो ।