कलैया । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा फेरि चोरीको भएको छ।
मानवत–मटिअर्वा–पिलुवा सडक खण्डअन्तर्गत स्थानीय रामपुकार गुप्ता (सागर) ले सञ्चालन गर्दै आएको किताब, कपी तथा मनि ट्रान्सफर पसलमा हिजो मध्यराति सट्टरको ताल्चा काटेर चोरी गरिएको हो। चोरीमा करिब डेढ लाख रुपैयाँ नगद लगिएको सञ्चालक गुप्ताले बताएका छन्।
स्थानीयका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा चोरीका घटना बढ्दै गएका छन्। यही स्थानमा करिब डेढ वर्षअघि एक सुनचाँदी पसलमा पनि चोरी भएको थियो भने केही दिनअघि एउटै घरमा दुई पटक चोरी भएको घटना सार्वजनिक भएको थियो।
यता जिल्ला प्रहरी कार्यालय बाराले उक्त घटनाबारे अनुसन्धान सुरु गरेको छ।


