मंसिर महिनामा बारामा १ सय ३० मुद्दा दर्ता

साझेदारी दैनिक
450 पाठक संख्या

कलैया : जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेतबाट मंसिर महिनामा चार हजार नौ सय ५० जना सेवाग्राहीले सेवा लिएका छन्। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टका अनुसार मंसिर महिनामा अपराध नियन्त्रण लगायतमा उल्लेखनीय सफलता प्राप्त गरेको छ। यस अवधिमा कुल मुद्दा एक सय ३० वटा दर्ता भएकोमा जघन्य तथा गम्भीर अपराध ३१ वटा रहेको छ।

जबर्जस्ति करणी मुद्दामा महिला एक र बालिका चार जना पीडित रहेकोमा ६ जना पुरुष पीडक रहेका छन्। कर्तव्य ज्यान मुद्दामा एक जना पीडित र एक जना पीडक रहेको जनाइएको छ। विवाह सम्बन्धि कसुरमा एक बालिका पीडित रहेको र एक जना पुरुष पीडक रहेको जनाइएको छ। बहुविवाह सम्बन्धी कसुरमा एक महिला पीडित एक महिला र एक पुरुष पीडक रहेको जनाइएको छ।

बारामा अपहरण तथा शरिर बन्धकमा मंसिर महिनामा शून्य रहेको छ। आर्थिक अपराधका मुद्दा दर्ता ३३ वटा रहेको छ। चालू मुद्दाका ६९ जना प्रतिवादी पक्राउ परेका छन्। सार्वाजनिक चासो रहेको दुई वटा मुद्दाका सफल अनुसन्धान भएको जनाइएको छ। फैसला कार्यान्वयनको सिलसिलामा ८ जनालाई मंसिर महिनामा पक्राउ गरेको छ।

उनीहरुमाथि सात महिना ५६ दिनको कैद सजाय तोकिएको छ। बिगो रकम असुलउपर क्षतिपूर्ति २० लाख २७ हजार सात सय रुपैयाँ गरेको जनाइएको छ। महिला वालबालिका तथा जेष्ठ नागरिक तर्फ उजुरी १६५ वटा परेकोमा ९८ वटा मुद्दाको फर्छयौट गरिएको छ।

३३ जना व्यक्ति हराएकोमा १६ जना महिला तथा १६ जना बालिका तथा एक जना बालक रहेका छन्। जसमा तीन महिला पाँच बालिका र एक जना बालक फेला परेका छन्। घरेलु हिंसाको प्रकृति अनुसारको ८० वटा उजूरी परेकोमा प्रहरीले ५१ वटा उजूरीको मिलापत्र गराएको छ। कलैया उपमहानगरपालिका १५ वटा भन्दा बढी घरेलु हिंसा सम्बन्धी मुद्दा परेको जनाइएको छ।

यस्तै जितपुर सिमरा उपमहानगरपालिकामा १०, निजगढ नगरपालिकामा शून्य, कोल्हवी नगरपालिकामा दुई,सिम्रौनगढ नगरपालिकामा ५,महागढीमाई नगरपालिकामा ८,
पचरौता नगरपालिकामा ७,करैयामाई गाउँपालिकामा २,सुवर्ण गाउँपालिकामा ५, परवानीपुर गाउँपालिकामा १,प्रसौनि गाउँपालिमामा ४,फेटा गाउँपालिकामा तीन, बिश्रामपुर गाउँपालिका ४,
देवताल गाउँपालिका १ आदर्शकोतवाल गाउँपालिका ० र बारागढी गाउँपालिका २ वटामा घरेलु हिंसाको मुद्दा दर्ता रहेको देखिएको छ। स्थानीय तहको आधारमा तथ्थाङ्क बिश्लेषण गर्दा घरेलु हिंसाको प्राकृतिक उजुरी संख्या कलैया उप–महानगरपालिकामा सबैभन्दा बढी देखिन आएको जनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बारामा परेको १२२ ठाडो उजूरीमा ८८ वटा फर्छयौट तथा ३४ वटा मुद्दा फर्छयौट हुन बाँकी रहेको छ। बारा जिल्लामा ५० वटा ठाडो उजूरी परेकोमा ३७ वटा उजूरी फर्छयौट भएको र १३ वटा बाँकी रहेको छ। लागू औषध मुद्धा ७ वटा दर्ता रहेको र नौ जना मानिस पक्राउ परेका छन्।

प्रहरीले गाँजा ९३.५०० ग्राम बरामद गरेको छ। प्रहरीले ब्राउन सुगर ३० ग्राम,कोकिन २१.६५० ग्राम अल्प्राजोलाम,१५०० पिस ट्रमाडोल ४५९०० पिस बरामद गरेको छ। प्रहरीले ९ जना नेपाली नागरिक र दुई जना भारतीय नागरिकलाई प्रहरीले लागु औषध सहित पक्राउ गरेको छ।

मंसिर महिनामा ०९ वटा आत्महत्या भएकोमा झुण्डेर सात जना विष सेवनले दुई जनाले आत्महत्या गरेका हुन्। आत्महत्या गर्नेमा पाँच जना महिला, एकजना पुरुष, एक जना जेष्ठ नागरिक तथा दुई जना बालक रहेका छन्।

Leave a review