चट्याङ् लागेर रौतहटमा दुई किशोरको मृत्यु

Om Prakash Yadav
394 पाठक संख्या

रौतहट। लगातार अविरल वर्षासँगै खसेको चट्याङ् लागेर रौतहटमा दुई जना किशोरकोमृत्यु भएको छ। चट्याङ लागेर एउटै टोलका दुईजना किशोरको मृत्यु भएको हो ।

चट्याङ लागेर जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर -२ हथियायी बस्ने अन्दाजी १६ वर्षीय सेहराज लहरी र नविन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आज बेलुका साढे ६ बजेको समयमा भीषण वर्षासँगै खसेको चट्याङ् लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घर बाहिर निस्केको अवस्थामा एक्कासी चट्याङ खस्दा दुबै जनाको मृत्यु भएको बताइएको छ।

Leave a review