सवैले होली पर्व आपसमा भाईचारा कायम गरि होली मनाऊ : पुर्वमन्त्री साह

संदिप प्रसाद यादव
650 पाठक संख्या

कलैया : पूर्व कृषि मन्त्री ज्वालाकुमारी साहले हिन्दुहरुको महान चाडकै रुपमा रहेको होली पर्वमा आपसमा भाईचारा कायम गरि होली मनाउन उनले आग्रह गरेकी छिन ।

पचरौता नगरपालिकाको कार्यालयले आईतबार नगरपालिका वडा नम्बर ८ लङ्गडा चोकमा आयोजना गरेको होली मिलन कार्यक्रमको उद्घाटन गर्दै पुर्वमन्त्री साहले यस्तो बताएकी हुन ।

बारा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य रहेकी सांसद साहले होली पर्वलाई एकताको प्रतीकको रुपमा रहेकोले सद्भावपुर्ण मनाउन सबैलाई उनले आग्रह गरेकी हुन ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले बारा जिल्लाको होलीलाई दुर्घटना रहित होली,विवादरहित होली,ग्याङ्ग फाईट होल र झगडा रहित होली बनाएर मनाउन अनुरोध गरेका छन् ।

होलीको दिनमा सवारीसाधन मोटरसाइकल चलाउदा हेल्मेट नलगाउने,तीन जना चढेर हिड्ने र कागजात नहुनेलाई जनप्रतिनिधिले भने पनि नछाड्ने र दिनभरी नियन्त्रणमा लिनें प्रजिअ अधिकारीले बताए ।

नगर प्रमुख जलान्धर सिंह जैसवारको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संविधान सभा सदस्य बलविर प्रसाद चौधरी, एमाले पार्टी बाराका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेय,पचरौता नगरपालिकाकी उप प्रमुख नसिमा खातुन,गौरी साह,बसन्तराज जोशी,कार्यपालिका सदस्य,वडा अध्यक्ष,वडा सदस्य,जनप्रतिनिधि,कर्मचारी तथा सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र परियारको रहेको थियोे भने कार्यक्रम संचालन नगरप्रवक्ता लक्ष्मी यादवले गरेका थिए।

Leave a review

This will close in 0 seconds