बाराको आईसोलेसन भरिए, आज देखिएको थप कोरोना संक्रमितलाई पर्साको गण्डक अस्पताल लैजाने तयारी

साझेदारी दैनिक
साझेदारी दैनिक 626 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब /
बारामा आज थप तीन जनामा कोरोना संक्रमण पृष्टि भएसँगै बारामा आईसोलेसन वार्डको अभाव भएको छ ।
सिम्रौनगढ नगरपालिकाको २ जना र सुर्वण गाउँपालिकाका एक जनामा आज पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले जानकारी दिनुभयो ।

बारामा कलैया उपमहानगरपालिका वडा नं.३ गंगापुरमा बनाईएको ५० बेड आईसोलेसन पुर्ण क्षमतामा प्रयोगमा आएपछि आज देखिएका कोरोना संक्रमितहरुलाई पर्साको गण्डक अस्पताल लैजाने तयारी भईरहेको छ ।

गंगापुर र गण्डक अस्पतालको बेड क्षमता पुरा भएकाले बाराका स्थानीय तहहरुलाई चाडो भन्दा चाडो आईसोलेसन बनाई कोरोना पोजेटिभको उपचार गर्न प्रमुख जिल्ला अधिकारी अनुरोध गर्नुभएको छ ।

आईसोलेसनको थप निर्माण नभए कोरोना पोजेटिभ देखिएमा बिरामीहलाई कहाँ लग्ने बिषयमा बारा प्रशासन अन्यौलमा देखिएको छ । योसँगै बारामा ६१ जनामा कोरोना संक्रमण पृष्टि भएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review